logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • यस्ता छन् मन्त्रीपरिषद् बैठकले गरेको चार निर्णय

    यस्ता छन् मन्त्रीपरिषद् बैठकले गरेको चार निर्णय

    429
    SHARES
    यस्ता छन् मन्त्रीपरिषद् बैठकले गरेको चार निर्णय

    काठमाण्डौ । आज मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले चार निर्णय गरेको छ । सरकारले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, हुन्सार खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।



    निजामती सेवा १६ औँ संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । सरकारले विशालकुमार भण्डारी, दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।

    त्यस्तै सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधि सभा सदस्यसुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षमन्त्री सस्मित पोखरेलले बताए ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट