logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो

    महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो

    169
    SHARES
    महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो

    काठमाण्डौ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयलाई छुट्याइएको यो वर्षको बजेट धेरै भएको बताएका छन् । पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत बजेट नवप्रवर्तनमा छुट्याउनुपर्ने माग गर्दै आएका उनले यो वर्षको लागि बजेट धेरै भएको बताएका हुन् ।



    उनले मन्त्रालयका लागि आवश्यक कानुनहरू बनिनसकेको र साढे ३ अर्ब रुपैयाँ अवन्डामा रहेको भन्दै यो खर्च गर्न गाह्रो हुने बताए ।

    उनले यो वर्ष कानुन निर्माणमा खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै यसका लागि आवश्यक कानुनी व्यवस्थाका लागि तयारी गरिरहेको बताए । उनले करिब आठ वटा ऐनका लागि तयारी गरिएको बताए ।


    अर्थ चाैतारी
  • विहिबार, ४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट