logo

२०८३ असार ६, शनिबार

logo
  • २०८३ असार ६, शनिबार
  • रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने

    रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने

    26
    SHARES
    रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र प्रक्रिया सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि लाग्ने शुल्क, आवश्यक प्रस्तावक, समर्थक र कागजातबारे जानकारी दिएको हो ।



    आयोगले सार्वजनिक गरेको विवरणअनुसार, सभापति पदका लागि उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ । सभापतिका उम्मेदवारका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ ।

    त्यसैगरी, पार्टी पदाधिकारीका लागि ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ । पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदका लागि १ जना प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने व्यवस्था छ । आयोगका अनुसार उम्मेदवारका प्रस्तावक र समर्थक बस्ने व्यक्तिहरूको नाम प्रतिनिधि नामावली सूचीमा समावेश भएको हुनुपर्नेछ ।

    उम्मेदवारीका लागि आवश्यक कागजातहरू

    निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि निम्न कागजातहरू अनिवार्य गरेको छ
    १. भरिएको उम्मेदवारी मनोनयन पत्र फाराम ।
    २. उम्मेदवारी शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर ।
    ३. आफूलाई कुनै अनुशासन कारबाही नपरेको स्वघोषणापत्र ।
    ४. पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि ।
    ५. २ प्रति पासपोर्ट साइजको फोटो ।


    अर्थ चाैतारी
  • शनिबार, ६ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट