logo

२०८३ असार २६, शुक्रबार

logo
  • २०८३ असार २६, शुक्रबार
  • महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन

    महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन

    442
    SHARES
    महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन

    काठमाण्डौ । महालक्ष्मी विकास बैंकको काठमाण्डौ जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हबको औपचारिक समउद्घाटन सम्पन्न भएको छ । आज एक कार्यक्रमका बीच बैंकका संचालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफि लाउन्ज सहितको डिजिटल हब रहको कार्यालय भवनको उद्घाटन गरे । सो कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु र बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।



    डिजिटल बैकिङ्ग सेवालाई आधुनिकीकरण, सुरक्षित, प्रविधि तथा ग्राहकमैत्री बनाउँदै लैजाने बैकको नितिलाई निरन्तरता दिँदै बैकिङ्ग सेवामा नविनत्तम अवधारणाको प्रयोगको रुपमा कफी लाउञ्जको सुविधा समेत थप गरिएको छ जस अन्तर्गत ग्राहकले आरमदायी वातावरणमा बसेर नगद रकम जम्मा गर्ने, चेक क्लियरिङ गर्ने, नगद झिक्ने तथा अन्य विद्युतीय कारोबारहरुको विशिष्ट अनुभव लिन सक्नेछन् । नेपालको बैकिङ्ग क्षेत्रमा यस प्रकारको सेवा प्रदान गर्नेमा महालक्ष्मी विकास बैंक सभ्मवत पहिलो बैंक रहेको छ ।

    डिजिटल प्रविधिको प्रयोगमा युवाहरुलाई आकर्षित गर्न तथा ग्राहकहरु माझ पहुँच विस्तार गर्न सञ्चालनमा ल्याइएको यस कफि लाउञ्ज सहितको डिजिटल हब मार्फत डिजिटल बैकिङ्ग सेवा सम्वन्धी परामर्श समेत प्रदान गरिने भएकोले ग्राहकहरुको लागि सिकाई र अनुभवको केन्द्र बन्ने अपेक्षा बैकले लिएको छ ।

    नेपाल राष्ट्र र्बैंकको च्भनगबितयचथ क्बलमदयह को अवधारणालाई समेत अवलम्बन गरी भविष्यमा वित्तीय सेवामा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नयाँ वित्तीय सेवा ग्राहकहरुलाई प्रदान गर्न बैंक प्रतिबद्ध रहेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट