logo

२०८३ असार ३२, विहिबार

logo
  • २०८३ असार ३२, विहिबार
  • रिलायबल नेपाल लाइफद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

    रिलायबल नेपाल लाइफद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

    351
    SHARES
    रिलायबल नेपाल लाइफद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

    काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई ५० लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ। बाल स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास र गुणस्तरीय सेवा विस्तारमा टेवा पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त सहयोग गरेको हो।



    एक समारोहका बीच रिलायबल नेपाल लाइफका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले केआईओसीएचका अध्यक्ष डा. भगवान कोइरालालाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरे। बालबालिकाको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय, सहज र सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले स्थापित केआईओसीएच हाल नेपालमा आधुनिक बहु–विशेषज्ञ (मल्टी–स्पेशालिटी) बाल अस्पताल निर्माणको प्रक्रियामा छ। यस संस्थाले बाल हृदय रोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य तथा सघन उपचार सेवा (आईसियू) जस्ता अत्यावश्यक क्षेत्रमा विशेष ध्यान केन्द्रित गर्दै आएको छ।

    रिलायबल नेपाल लाइफले यस सहयोगमार्फत देशमा बाल स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न तथा भविष्यमा हजारौँ बालबालिका र तिनका परिवारलाई लाभान्वित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, ३२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट