logo

२०८३ असार ३२, विहिबार

logo
  • २०८३ असार ३२, विहिबार
  • दूरसञ्चार प्राधिकरणको चार सदस्यमा सरकारले यी व्यक्तिहरूलाई दियो नियुक्ति

    दूरसञ्चार प्राधिकरणको चार सदस्यमा सरकारले यी व्यक्तिहरूलाई दियो नियुक्ति

    195
    SHARES
    दूरसञ्चार प्राधिकरणको चार सदस्यमा सरकारले यी व्यक्तिहरूलाई दियो नियुक्ति

    काठमाण्डौ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालकमा चार जनालाई नियुक्त गरेको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रीस्तरीय निर्णयबाट असार ३२ गते प्राधिकरणको लेखा तथा लेखापरीक्षण सदस्यमा क्षेत्र गोपाल प्रधान, कानुन सदस्यमा निलम कुमार ओझा, प्राविधिक र प्रशासनिक सदस्यमा अनन्त मल्लिक र बजार व्यवस्थापन सदस्यमा सुजिता श्रेष्ठलाई नियुक्त गरेका हुन्।



    मन्त्री तिमिल्सिनाले नवनियुक्त सदस्यहरूलाई पदभार ग्रहणअघि दूरसञ्चार क्षेत्रको विकास, विस्तार तथा नियमनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण निकाय प्राधिकरण भएकाले देश र जनतालाई केन्द्रमा राखेर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्। उनले प्राधिकरणको नयाँ नेतृत्वको निर्णय र कार्यशैलीले नेपालको दूरसञ्चार क्षेत्रको भावी दिशा निर्धारण गर्ने उल्लेख गर्दै जिम्मेवारीलाई उच्च नैतिकता, पारदर्शिता र उत्तरदायित्वका साथ निर्वाह गर्न अनुरोध गरे।

    ‘तपाईंहरू जुन संस्थाका लागि काम गर्नुहुन्छ, त्यहाँ देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोला । यो निकै महत्वका साथ हेरिएको संस्था र पद हो । तपाईंहरूका कामले भोलिको दूरसञ्चार क्षेत्रको भविष्य निर्धारण गर्ने भएकाले जिम्मेवार र नतिजामुखी भएर काम गर्नुहोला’, सञ्चारमन्त्री डा तिमिल्सिनाले भने।

    नियुक्त भएका चारै जना सदस्यले आजै मन्त्रालय पुगेर शपथ लिएको र नियुक्ति पत्र लिएपछि जमलस्थित प्राधिकरणको कार्यालय पुगेर पदबहाली गर्ने कार्यक्रम छ। यसअघि सरकारले प्राधिकरणकै निर्देशक अर्जुन घिमिरेलाई अध्यक्ष नियुक्त गरेको थियो।

    वालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ल्याएपछि एक हजार ५३४ राजनीतिक नियुक्ति पाएकाहरू पदमुक्त भएका थिए। राष्ट्रपतिले अध्यादेश जारी गरेपछि सञ्चार मन्त्रालयले वैशाख २१ गते आफू मातहत रहेको दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी तथा सदस्यहरू कृष्णप्रसाद पोख्रेल, नवराज अधिकारी, रविन्द्र झा र गोकर्णप्रसाद सिटौलालाई स्वतः पदमुक्त गरेको थियो।

    रिक्त अध्यक्ष र सदस्य पदका लागि मन्त्रालयले गत वैशाख २६ गते दरखास्त आह्वान गरेको थियो। त्यसपछि अध्यक्ष तथा सदस्य नियुक्ति प्रक्रिया अघि बढाएको थियो।


    अर्थ चाैतारी
  • विहिबार, ३२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट