logo

२०८३ असार ३२, विहिबार

logo
  • २०८३ असार ३२, विहिबार
  • हरित बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्सबीच साझेदारी

    हरित बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्सबीच साझेदारी

    377
    SHARES
    हरित बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्सबीच साझेदारी

    काठमाण्डौ । कुमारी बैंक लिमिटेड र मिनर्जी इन्निसियटिभ्सबीच नेपालमा दिगो तथा हरित बैंकिङ अभ्यास प्रवर्द्धनका लागि रणनीतिक साझेदारी सम्झौता भएको छ। पर्यावरण संरक्षण र हरित वित्त (ग्रीन फाइनान्स) लाई प्राथमिकता दिँदै समुदायको क्षमता अभिवृद्धि गर्ने र वित्तीय पहुँच पुर्‍याउने उद्देश्यका साथ दुई संस्थाबीच रणनीतिक परियोजनाका लागि सहमति भएको हो।



    सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इन्निसियटिभ्सका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरेका छन्। यो साझेदारीले समुदायलाई बैंकका लागि योग्य बनाउने तथा बैंकलाई पनि लक्षित समुदायको आवश्यकता र क्षमताअनुरूप सुदृढ गर्दै विभिन्न आयामहरूमा सहकार्य गर्ने फराकिलो कार्यदायरा स्थापना गरेको छ।

    बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीहरूबीचको खाडल कम गर्न समुदायको यथार्थ अवस्था र बैंकिङ जोखिमको ढाँचा दुवैलाई गहिरो रूपमा बुझ्ने सुदृढ पारिस्थितिक प्रणाली आवश्यक रहेको बताए। यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ छ।

    कुमारी बैंकले आफ्नो सुदृढ नेटवर्कमार्फत यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा लैजाने जनाएको छ। हाल बैंकले देशभर रहेका २८६ शाखा, ३०४ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ एकाइ र १,२३३ पीओएस टर्मिनल सहितको वृहत सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। पारदर्शी कार्यशैली र सुशासनका लागि परिचित कुमारी बैंक र मिनर्जीबीचको यो सहकार्यले हरित वित्त प्रवर्द्धन, दिगो आर्थिक विकास तथा स्वच्छ एवं जलवायु उत्थानशील भविष्यतर्फको यात्रामा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।


    अर्थ चाैतारी
  • विहिबार, ३२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट