logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नेप्से परिसूचक १७.४४ अङ्कले बढ्याे, ८ अर्ब बढीको कारोबार

    नेप्से परिसूचक १७.४४ अङ्कले बढ्याे, ८ अर्ब बढीको कारोबार

    559
    SHARES
    नेप्से परिसूचक १७.४४ अङ्कले बढ्याे, ८ अर्ब बढीको कारोबार

    काठमाण्डौ । नेप्से परिसूचक दोहोरो अङ्कको सुधार आएको छ । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.४४ अङ्कले बढेर २ हजार ६९३.०६ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२३ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.४८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ अङ्कले बढेको छ ।



     

    बुधवार कारोबारमा आएका ३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । मंगलबारको बजारमा ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।

     

    कारोबारमा आएका मध्ये २ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । जसमध्येमा ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने ग्रिन डेभलपमेन्ट बैङ्कको शेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ । तर बाराही हाईड्रोपावरको सर्वाधिक घटेर कारोबार भएको छ ।

     

    बुधबार ङादी ग्रुप पावर कम्पनीको मात्रै १ अर्ब ५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यस्तै, राधी विद्युतको ६० करोडको कारोबार हुँदा युनिभर्सल पावरको ५१ करोडको सेयर किनबेच भएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १४ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट