काठमाण्डौ । सेयर बजारमा ३५.०७ अंकको गिरावट आएको छ । मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.०७ अंकले घटेर २६५९.५९ विन्दुमा खुम्चिएको छ । अघिल्लो कारोबार दिन सोमबार नेप्से १.६० प्रतिशतले बढेको थियो भने गत साताको बुधबार १७.४४ अंकले उकालो लागेको थियो ।
मंगलबार नेप्सेमा कुल ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार भने नेप्सेमा कुल ८ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार कारोबारमा आएकामध्ये ३४ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीको घटेको छ ।
आज ओम मेगाश्री र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अधिकांश समूहको मूल्य घटेको छ । मंगलबार बैंकिङ समूहको सेयर मूल्य २.२४ प्रतिशत, विकास बैंक समूह १.२९ प्रतिशत, होटल तथा पर्यटन समूह २.०५ प्रतिशत, लगानी समूह १.२८ प्रतिशत र लघुवित्त समूह १.१५ प्रतिशतले संकुचित बनेको छ ।
अर्थ चाैतारी ।