logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नेप्से परिसूचक ११.९७ अङ्कले घट्यो, कारोबार रकम पनि घट्यो

    नेप्से परिसूचक ११.९७ अङ्कले घट्यो, कारोबार रकम पनि घट्यो

    494
    SHARES
    नेप्से परिसूचक ११.९७ अङ्कले घट्यो, कारोबार रकम पनि घट्यो

    काठमाण्डौ । सेयर बजार मापक नेप्से परिसूचक ११.९७ अङ्कले घटेको छ । बुधवार नेप्से परिसूचक ११.९७ अङ्कले घटेर भएर २६४६.९५ को विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.५९ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.९५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९८ अङ्क घटेको छ ।



     

    बुधवार कारोबारमा आएका ३१३ कम्पनीको १३ करोड ७८ लाख २ हजार ४६८ कित्ता सेयर ५ अर्ब १६ करोड ३३ लाख ३५ हजार ५२२ रुपैयाँ बराबरको कारोबार भएको छ । मङ्गलवार ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम पनि घटेको छ । आजको कारोबारमा ६६ वटा कम्पनीको सेयर बढ्दा १८१ को घटेको छ भने १ मात्रै कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

     

    नेप्सेको १३ वटै उपसमूह मध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार र म्याचुयल फण्डको कारोबार बढेको छ । त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी ८३.९७ अङ्कले घटेको छ भने सबैभन्दा कम लगानी उपसमूहको ०.०९ अङ्कले घटेको छ । बाँकी होटल तथा पर्यटन, विकास बैङ्क, लघुवित्त ,बैङ्क,हाइड्रो लगायत सबै उपसमूहको परिसूचक घटेको छ।

     

    नेप्से परिसूचक घटे पनि एक कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा ओम मेगाश्री फर्मास्यूटिकल्स शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। पियोर इनर्जीको पनि ९.९९ प्रतिशतले बढेको छ । बुधवार अरुण कावेली पावर कम्पनीको ३६ करोड १५ लाख बराबरको कारोबार भएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २१ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट