काठमाण्डौ । चालु आर्थिक वर्ष २०८८१/८२ को १० महिनामा शेयर धितो कर्जा बढेर १ खर्ब २५ अर्ब ५२ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको २०८२ वैशाखसम्मको अवधिमा मार्जिन प्रकृतिको कर्जा बढेर ३९.३ प्रतिशतले बढेर १ खर्ब २५ अर्ब ५२ करोड पुगेको हो।
२०८१ असारमा यस्तो कर्जा ९० अर्ब ९ करोड ३२ लाख थियो। १० महिनाको अवधिमा शेयर धितो कर्जा ३५ अर्ब ४२ करोडले बढेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा १ करोड बढीको कर्जा ८५ अर्ब ७३ करोडको रहेको छ। १० महिनाको अवधिमा १ करोड बढीको कर्जा ५३.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यसले १ करोड माथि कर्जा लिनेहरु ह्वात्तै बढेको देखिन्छ ।
त्यस्तै ५० लाख देखि १ करोडसम्मको कर्जा १५ अर्ब ५ करोड रहेको छ । त्यस्तै २५ लाखदेखि ५० लाखसम्मको कर्जा १६ अर्ब ६२ करोड रहेको छ भने २५ लाख मुनिको कर्जा ८ अर्ब १० करोड मात्र रहेको छ । यस अवधिमा ५० लाख देखि १ करोडसम्मको कर्जा २१.१ प्रतिशतले बढेको छ । त्यस्तै २५ देखि ५० लाखसम्मको कर्जा १५.३ प्रतिशत र २५ लाख भन्दा कमको कर्जा १०.८ प्रतिशतले बढेको छ ।
अर्थ चाैतारी ।