logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सवारीमा ह्विल लक लगाउने ट्राफिक कार्यविरुद्ध उच्च अदालतमा रिट, आज सुनुवाइ

    सवारीमा ह्विल लक लगाउने ट्राफिक कार्यविरुद्ध उच्च अदालतमा रिट, आज सुनुवाइ

    832
    SHARES
    सवारीमा ह्विल लक लगाउने ट्राफिक कार्यविरुद्ध उच्च अदालतमा रिट, आज सुनुवाइ

    काठमाण्डौ । नगर प्रहरी र ट्राफिक प्रहरीले सवारी साधनमा ‘ह्विल लक’ लगाउने कार्यविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । आइतबार कानुनका विद्यार्थी विवेक चौधरीले ह्विल लक लगाउने कार्य संविधान, ऐन तथा विधिको शासन विपरीत भएको दाबी गर्दै रिट दायर गरेका हुन् ।



    रिटमा काठमाण्डौ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, महानगरीय प्रहरी बल, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई विपक्षी बनाइएको छ । चौधरी गत चैत १५ गते उक्त रिट लिई उच्च अदालत पुगेका थिए । उच्चका रजिस्ट्रार श्रीलाल पौडेलले दरपिठ गरिदिएका थिए । गत असार ५ गते न्यायाधीश श्यामकुमार भट्टराई र कृष्णराम कोइरालाको इजलासले दरपिठ आदेश बदर गर्दै रिट दर्ताको आदेश दिएको थियो । उक्त आदेशपश्चात् आइतबार रिट दर्ता भएको हो ।

     

    रिटमा ट्राफिक प्रहरीले सवारीमा ह्विल लक लगाउने कार्य नागरिकको मौलिक अधिकारमाथि प्रत्यक्ष हस्तक्षेप भएको र कुनै कानुनी आधार समेत नरहेको भन्दै परमादेशको माग गरिएको छ । नगर प्रहरी र ट्राफिक प्रहरीलाई कुनै पनि सवारी साधनमा कारबाही स्वरूप ह्विल लक नगराउन माग गरिएको छ ।

     

    रिटमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश खडानन्द तिवारीको इजलासमा रिटमाथि पेसी तोकिएको हो ।


    अर्थ चाैतारी
  • सोमबार, ९ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट