logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • क्रिप्टो कारोबार र ठगीमा संलग्न आरोपमा ६ चिनियाँसहित ५२ जना पक्राउ

    क्रिप्टो कारोबार र ठगीमा संलग्न आरोपमा ६ चिनियाँसहित ५२ जना पक्राउ

    663
    SHARES
    क्रिप्टो कारोबार र ठगीमा संलग्न आरोपमा ६ चिनियाँसहित ५२ जना पक्राउ

    काठमाण्डौ । क्रिप्टो कारोबार तथा ठगीमा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५२ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–४ स्थित दमकल चोकमा भाडामा लिएको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको सीआईबीका एसपी युवराज खड्काले बताए ।



    चिनियाँहरूले कल सेन्टर र सफ्टवेयर कम्पनी सञ्चालन गर्ने नाममा सो घर भाडामा लिएका हुन् । ‘मेटो’ नामको डाटिङ एप मार्फत उनीहरूले युवतीहरू प्रयोग गरेर ठगी धन्दा समेत चलाएको अनुसन्धानबाट थाहा भएको छ ।

     

    प्रहरीले काठमाडौँको चागलमा पनि उनीहरूले सञ्चालन गरेको कार्यालयमा छापा मारेर ठगीमा प्रयोग गरिएको डिभाइस बरामद गरेको छ । आरोपीहरूको साथबाट स्रोत नखुलेको १३ लाख नगद पनि बरामद गरिएको एसपी खड्काले जानकारी दिए ।


    अर्थ चाैतारी
  • बुधबार, १८ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट