logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • हिमालयन बैंकको एफपीओ बिक्री खुला, न्यूनतम १० कित्ताबाट आवेदन दिन सकिने

    हिमालयन बैंकको एफपीओ बिक्री खुला, न्यूनतम १० कित्ताबाट आवेदन दिन सकिने

    585
    SHARES
    हिमालयन बैंकको एफपीओ बिक्री खुला, न्यूनतम १० कित्ताबाट आवेदन दिन सकिने

    काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आजदेखि (असार ३२ गते) आफ्नो एफपीओ (Further Public Offering) सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँ मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ शेयर निष्कासन गरेको हो।



    नेपाल धितोपत्र बोर्डबाट असार २२ गते अनुमति पाएपछि बैंकले शेयर पूँजीको संरचना ७०:३० (संस्थापक:सर्वसाधारण) कायम गर्न एफपीओ ल्याएको हो।

    आवेदन प्रक्रिया र समय सीमा
    न्यूनतम आवेदन: १० कित्ता

    अधिकतम आवेदन: उपलब्ध सबै कित्तासम्म

    निष्कासन बन्द मिति: साउन ४ गते

    म्याद थप हुने सम्भावना: साउन १४ गतेसम्म (यदि पर्याप्त आवेदन नआएमा)

    रेटिङ्ग र पूँजी उपयोग
    एफपीओ निष्कासनको लागि गरिएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई
    CARE-NP BBB (Issuer Rating) प्रदान गरेको छ, जसले मध्यम जोखिम भएको संकेत गर्दछ।

    एफपीओबाट प्राप्त पूँजीमध्ये

    ८० प्रतिशत लगानी विस्तारमा

    २० प्रतिशत सेवा स्तरोन्नतिमा खर्चिने योजना रहेको बैंकले जनाएको छ।

    एफपीओमा कसरी आवेदन दिने?
    लगानीकर्ताहरूले निम्न माध्यमबाट आवेदन दिन सक्नेछन्:

    सिटिजन्स क्यापिटल लिमिटेड (डिल्लीबजार)

    हिमालयन बैंकको मुख्य शाखा (कमलादी)

    सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था

    “मेरो शेयर” पोर्टल

    एफपीओ निष्कासनपछि बैंकको शेयर संरचना निम्नानुसार हुनेछ:

    संस्थापकतर्फ: १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता

    सर्वसाधारणतर्फ: ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता


    अर्थ चाैतारी
  • बुधबार, ३२ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट