काठमाण्डौ । मिथिला लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ८ करोड ४१ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा ७७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४ करोड ७५ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४१.८६ प्रतिशतले बढेर २० करोड ९१ लाख पुगेको छ। कम्पनीको संचालन नाफा १०७.६८ प्रतिशतले बढेर १२ करोड ३३ लाख पुगेको छ ।
कम्पनीको चुक्ता पुंजी २२ करोड ३९ लाख रुपैयाँ रहेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १४.२५ प्रतिशत बोनस शेयर दिएको थियो।
समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २४.२६ रुपैयाँबाट बढेर ३७.५८ रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १९१.२९ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा २.१३ प्रतिशतबाट बढेर ४.६९ प्रतिशत कायम भएको छ।
अर्थ चाैतारी ।