logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • रोकिएन सेयर बजारको ओरालो यात्रा, कारोबार रकम पनि खुम्चियो

    रोकिएन सेयर बजारको ओरालो यात्रा, कारोबार रकम पनि खुम्चियो

    520
    SHARES
    रोकिएन सेयर बजारको ओरालो यात्रा, कारोबार रकम पनि खुम्चियो

    काठमाण्डौ । सेयर बजार लगातर ओरालो लागेको छ । बुधवार पनि बजार ५.२८ अंक घटेको छ । मंगलबार पनि २६.२२ अंक घटेको थियो । यस साताको पहिलो कारोबार दिन अर्थात् गत सोमबार पनि बजार करिब २८ अंक घटेको थियो ।



    साताको तेस्रो कारोबार दिन २ हजार ७९०.९५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज विकास बैंक ४२.३३ अंक, फाइनान्स ४.५७ अंक व्यापार समूह १९.३६ अंक र लगानी समूह तथा म्युचुअल फन्ड झिनो अंकमा वृद्धि भएको छ । तर, यी बाहेकका अन्य सबै समूह राताम्य बनेका छन् ।

     

    बुधवार कारोबारमा आएका मध्ये १५९ कम्पनीको सेयर भाउ घटेको छ भने ८९ वटाको मूल्य वृद्धि भएको छ । बजारसँगै आज कारोबार रकम पनि घटेको छ । आज ६ अर्ब १६ करोड १८ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ४७ हजार कित्ता सेयर किनबेच भएको छ ।

     

    साताको तेस्रो कारोबार दिन अधिकांश कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको छ । बुधवार कारोबारमा आएका डेढ सय बढी कम्पनीको सेयर मूल्य घटेको छ । तर, ८९ वटा कम्पनीको सेयर भाउ भने बढेको हो ।

     

    उक्त दिन माया खोला हाइड्रोपावर, सानिमा लार्ज क्याप फन्ड, नेपाल रिपब्लिक मिडिया, सप्तकोशी डेभलपमेन्ट बैंक, समाज लघुवित्त लगायतका कम्पनीको सेयर मूल्य बढेको छ। आज बजार घट्दा पनि ८९ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, २८ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट