काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट भोजराज बस्याल बाहिरिएका छन् ।
साउन मसान्तमा बस्यालको कार्यकाल सकिएको कम्पनीका सचिव तुलसीराम पाठकले जानकारी दिए ।
‘नेरुडे मिर्मिरे लघुवित्त, केन्द्रीय कार्यालय बनेपा-८ काभ्रेपलान्चोकका प्रमुख कार्यकारी अधिकृतमा कार्यरत भोजराज बस्यालको करारमा उल्लेख भएबमोजिम मिति २०८२ साउन मसान्तमा पदावधि सकिएको छ,’ नेप्सेले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अर्थ चाैतारी ।