logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • लाभांश पारित गर्न गुराँस लघुवित्तले डाक्यो १०औँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

    लाभांश पारित गर्न गुराँस लघुवित्तले डाक्यो १०औँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

    1.4K
    SHARES
    लाभांश पारित गर्न गुराँस लघुवित्तले डाक्यो १०औँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाण्डौ । लाभांश प्रस्ताव पारित गर्न गुराँस लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्त सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले कात्तिक २३ गते धनकुटामा १०औँ वार्षिक साधारण सभा बिहान ९ बजे डाकेको हो ।



    लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ६५ लाख ८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशतका दरले ८ लाख ६८ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

     

    लघुवित्तको सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षण गर्न बीपी एसोसिएट्सलाई पुन नियुक्त गर्ने र संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गर्नेछ ।

     

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले कात्तिक १४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।


    अर्थ चाैतारी
  • आइतबार, २ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट