logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नाडेप लघुवित्तको सञ्चालकमा टेक राज भट्ट नियुक्त

    नाडेप लघुवित्तको सञ्चालकमा टेक राज भट्ट नियुक्त

    1.3K
    SHARES
    नाडेप लघुवित्तको सञ्चालकमा टेक राज भट्ट नियुक्त

    काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा टेक राज भट्ट नयाँ सञ्चालकका रूपमा नियुक्त भएका छन्। संस्थाले हालै जारी गरेको सूचनामा भट्टको नियुक्ति कात्तिक १३ गतेदेखि लागू हुने उल्लेख गरिएको छ।



     

     

    भट्टले नबिल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालकको जिम्मेवारी सम्हाल्नेछन्। यसअघि सो पदमा मनोज कुमार यादव कार्यरत थिए। यादवको कार्यकाल समाप्त भएपछि बैंकले आफ्ना प्रतिनिधिका रूपमा भट्टलाई नियुक्त गरेको हो।

     

     

    नाडेप लघुवित्तले भट्टको नियुक्तिसँगै संस्थागत सुशासन, प्रभावकारी निर्णय प्रक्रिया र व्यावसायिक दक्षता अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ। भट्टको वित्तीय क्षेत्रप्रतिको अनुभव र व्यावसायिक दृष्टिकोणले संस्थालाई आगामी वर्षहरूमा स्थायित्व र विस्तारमा सहयोग पुग्ने नाडेपले जनाएको छ।

     

     

    लघुवित्त क्षेत्र नेपालमा वित्तीय समावेशीकरणको मुख्य आधारका रूपमा उदाउँदै गर्दा नाडेप लघुवित्त पनि ग्रामीण तथा अर्धशहरी क्षेत्रमा वित्तीय पहुँच विस्तारमा अग्रणी भूमिका खेल्दै आएको संस्था हो। संस्थाले हाल देशभरका विभिन्न जिल्लामा शाखा विस्तार गर्दै लघु ऋण, बचत, बीमा, र सिपमूलक कार्यक्रममार्फत आर्थिक सबलीकरणका कार्यहरू सञ्चालन गर्दै आएको छ।


    अर्थ चौतारी
  • शुक्रबार, १४ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट