काठमाण्डौ । हिमाल पावर लिमिटेडले विशेष साधारणसभा बोलाएको छ। कम्पनीले मङ्सिर ५ गते साधारणसभा बोलाएको हो।
साधारणसभामा बुटवल पावर लिमिटेडलाई शेयर बेच्ने र त्यसको लागि प्रक्रिया अघि बढाउने प्रस्ताव पेश हुने छ। बुटवल पावर कम्पनी लिमिटेडको असोज ९ गते बसेको संचालक समितिको बैठकले हिमाल पावर लिमिटेडको बहुमत शेयर खरिद गर्ने निर्णय गरेको थियो ।
हिमाल पावरको कुल १ करोड ७६ लाख ४१ हजार ४ सय ३९ कित्ता शेयर मध्ये बुटवल पावरले Statkraft Holding Singapore Pte. Ltd., Singapore को नाममा रहेको १ करोड ६८ हजार १ सय ७६ कित्ता शेयर र Eviny AS, Norway को नाममा रहेको ४५ लाख ९४ हजार ६ सय ११ कित्ता शेयर खरिद गर्ने निर्णय गरेको थियो। सोहि समबन्धि प्रस्ताव पारित गर्न हिमाल पावरले साधारणसभा बोलाएको हो ।
हिमाल पावर लि. ले हाल ६० मे.वा.को खिम्ती प्रथम जलविद्युत आयोजना संचालन गरिरहेको छ ।
अर्थ चौतारी ।