काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका नव नियुक्त सञ्चालक दिवाकर भट्टराईले सपथ ग्रहण गरेका छन् ।
यसलघुवित्तको संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार दिवाकर भट्टराईलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएकोमा यस लघुवित्त वित्तीय संस्थाको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई यस वित्तीय संस्थाको आगामी वार्षिक साधारण सभासम्मको लागि नियुक्त गरेको हो ।
उक्त पदमा यस अघि सञ्चालक सुमन थपलिया संस्थापक समूहमा संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आइरहेका थिए ।
अर्थ चौतारी ।