logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • पशुपतिनाथबाट तलब भत्ता लिन्न, पशुपतिकै कोषमा अर्पण गर्छु: सदस्य सचिव भुसाल

    पशुपतिनाथबाट तलब भत्ता लिन्न, पशुपतिकै कोषमा अर्पण गर्छु: सदस्य सचिव भुसाल

    1.6K
    SHARES
    पशुपतिनाथबाट तलब भत्ता लिन्न, पशुपतिकै कोषमा अर्पण गर्छु: सदस्य सचिव भुसाल

    काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसालले आफूले पाउने तलब भत्ता भगवान पशुपतिनाथकै कोषमा अर्पण गर्ने घोषणा गरेका छन् ।



     

    गत सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाबाट कोषको सदस्य सचिव नियुक्त भएपछि बुधबार नेपाल वेद विद्याश्रमका वटुकबाट वैदिक मन्त्रोच्चारण सहित पद बहाली गर्दै उनले पारिश्रमिक पशुपतिनाथलाई नै अर्पण गरी स्वयं सेवा गर्ने बताए ।

     

     

    ‘म यहाँबाट कुनै पारिश्रमिक लिन्न, मैले पाउने सेवा सुविधासहित सबै पारिश्रमिक श्रीको संरक्षणमा अर्पण गर्छु । पारिश्रमिकबाट जम्मा हुने रकमले यहाँका बिग्रिएका सम्पदाको संरक्षण र सम्वर्द्धनमा उपयोग गरिने छ,’ सदस्य सचिव भुसालले भने ।

     

     

    उनले लोप भएको पशुपतिनाथको सम्पत्ति खोजी गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । विश्वभरका दुई अर्बभन्दा धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा पशुपति क्षेत्रलाई विकास गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न आफू प्रतिबद्ध रहने सदस्य सचिव भुसालको भनाइ छ । उनलाई कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीलगायत कर्मचारीले कोषको कार्यालयमा स्वागत गरे ।


    अर्थ चौतारी
  • विहिबार, ३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट