logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • एनसीएचएलको चौधौं वार्षिक साधारण सभा सम्पन्न

    एनसीएचएलको चौधौं वार्षिक साधारण सभा सम्पन्न

    1.1K
    SHARES
    एनसीएचएलको चौधौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाण्डाै । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को चौधौं वार्षिक साधारण सभा बिहीबार काठमाण्डाैमा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदनसहितको २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।



     

     

    यसपश्चात एनसीएचएलको चुत्ता पुँजी १ अर्ब ४५ करोड ८५ लाख ११ हजार ५०० बराबरको हुनेछ । कम्पनीले पूँजीवृद्धिमार्फत नेशनल पेमेन्ट स्वीच, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरूको स्तरोन्नतिका लागि प्रयोग गर्नेछ।

     

     

    आ.व. २०८१/८२ मा एनसीएचएलको भुक्तानी प्रणालीहरूमार्फत कुल १८६ खर्ब बराबरको २१.१२ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो । उक्त आर्थिक वर्षमा कम्पनीबाट फर्छ्याैट भएका कारोबारहरूको संख्या ६७ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ४ प्रतिशतले वृद्धि भएको छ । बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना सञ्चालकहरू निर्विरोध रुपमा निर्वाचित गरेको छ । विकास बैंकहरूबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा सांग्रिला डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी तथा फाइनान्स कम्पनीहरूबाट प्रतिनिधित्व गर्दै आईसीएफसी फाइनान्सका नायव महाप्रबन्धक लक्ष्मणप्रसाद जैसी निर्वाचित भएका छन् ।

     

     

    एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरूबाट ३ जना, विकास बैंकहरू, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमशः १–१ जना रहेका छन् । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ । वार्षिक साधारण सभाबाट नेपालपे कार्डको क्लोज्ड युजर ग्रुप पनि घोषणा गरिएको छ । सभाको विविध प्रस्ताव अन्तर्गत सो घोषणा गरिएको हो । नेशनल कार्ड स्कीम अन्तर्गत सुरुवात गरिएको सो नेपालपे कार्डको हाल दुईवटा बैंक वित्तीय संस्थामार्फत इस्यूइङ तथा १२ वटा बैंक वित्तीय संस्थाबाट अक्वयरिङको कार्य सुरु भएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, ४ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट