logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    1.7K
    SHARES
    यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाण्डौ । आज पुस ९ गते बुधबार ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभाको लागि पुस ११, पुस १२, र पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेका कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ९ गते अन्तिम दिन हो।



     

    जस अनुसार आजसम्म कायम शेयरधनीले मात्र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, चन्द्रागिरी हिल्स, आईएमई लाइफ इन्स्योरेन्स, रुरु जलविद्युत कम्पनी , स्वाबलम्बन लघुवित्त, र मिड सोलु हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

     

    कुनको लाभांश कति र साधारणसभा कहिले?

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स : १०.१७८० नगद लाभांश, साधारणसभा पुस २४ मा

    चन्द्रागिरी हिल्स : ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २३ मा

    आईएमई लाइफ इन्स्योरेन्स : १०.५२६३ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २४ मा

    रुरु जलविद्युत कम्पनी : १० प्रतिशत बोनस शेयर र ५.७८९ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २५ मा

    स्वाबलम्बन लघुवित्त : ५.६३६५ प्रतिशत बोनस शेयर र ४.३६३५ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २५ मा

    मिड सोलु हाइड्रो : १५ प्रतिशत बोनस शेयर र ०.७८९० प्रतिशत नगद लाभांश, साधारणसभा पुस २१ मा


    अर्थ चौतारी
  • बुधबार, ९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट