logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • शिखर पावरले पायो आईपीओ निष्काशन अनुमति

    शिखर पावरले पायो आईपीओ निष्काशन अनुमति

    1.8K
    SHARES
    शिखर पावरले पायो आईपीओ निष्काशन अनुमति

    काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज पुस १६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।



     

     

    बोर्डबाट अनुमति पाएसंगै यस कम्पनीले अब ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

     

     

    यस कम्पनीले बाग्लुंगमा ४.९६ मेगावाट क्षमताको भिम खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ फागुन २५ देखि विद्युत उत्पादन गरिरहेको छ। साथै सोहि खोलामा ६.०५ मेगावाट क्षमताको तल्लो भिम खोला आयोजना निर्माण गरिरहेको छ।

     

     

    यस कम्पनी अध्यक्ष नारायण प्रसाद उपाध्याय हुन् भने अन्य संचालकमा हेमराज आचार्य, सरोज दाहाल, नम्रता केसी र अभय पाण्डे रहेका छन् ।


    अर्थ चौतारी
  • विहिबार, १७ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट