logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • अमेरिकी डलर र दिनारको मूल्य घट्यो, अस्ट्रेलियन डलर, युरो र पाउन्डको बढ्यो

    अमेरिकी डलर र दिनारको मूल्य घट्यो, अस्ट्रेलियन डलर, युरो र पाउन्डको बढ्यो

    1.7K
    SHARES
    अमेरिकी डलर र दिनारको मूल्य घट्यो, अस्ट्रेलियन डलर, युरो र पाउन्डको बढ्यो

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको विनिमयदर घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ।



    आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा थियो। यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

    त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा छ। हिजो युरो १ को खरिदर १६७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २५ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ९० पैसा र बिक्रीदर १९४ रुपैयाँ ७१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ७७ पैसा थियो।

    आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा थियो। त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ६९ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ८० पैसा र बिक्रीदर ४७२ रुपैयाँ ७६ पैसा थियो।

    आज बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ४५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५० पैसा थियो। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

    वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

    हेर्नुहोस् सबै मुद्राको विनिमय दर


    अर्थ चाैतारी
  • मंगलबार, २९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट