logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • दरमखोला हाइड्रोको डेढ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

    दरमखोला हाइड्रोको डेढ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

    1K
    SHARES
    दरमखोला हाइड्रोको डेढ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

    काठमाण्डौ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको डेढ लाख कित्ता शेयरको लकइन अवधि माघमा समाप्त हुने भएको छ।



     

     

    कम्पनीले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि बाँडफाँड गरेको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ४५ हजार ९७५ कित्ता शेयरको लकइन अवधि माघ २८ गते समाप्त हुन लागेको हो।

     

     

    आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको शेयर ६ महीनासम्म र संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको शेयर ३ वर्षसम्म लकइनमा राख्नु पर्ने प्रावधान छ।

     

     

    लकइन अवधिभर लकइनमा रहेको शेयर खरीद बिक्री गर्न पाइँदैन भने लकइन अवधि समाप्त भएसँगै त्यस्तो शेयर धितोपत्र बजारमा खरीद बिक्री गर्न सकिनेछ।


    अर्थ चौतारी
  • बुधबार, ३० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट