logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • देउवा पक्षधर केन्द्रीय सदस्यहरूले भौतिक रुपमै निर्वाचन आयोग पुगेर गरे हस्ताक्षर

    देउवा पक्षधर केन्द्रीय सदस्यहरूले भौतिक रुपमै निर्वाचन आयोग पुगेर गरे हस्ताक्षर

    1.5K
    SHARES
    देउवा पक्षधर केन्द्रीय सदस्यहरूले भौतिक रुपमै निर्वाचन आयोग पुगेर गरे हस्ताक्षर

    काठमाण्डौ । शेरबहादुर देउवा पक्षका कांग्रेस नेता-कार्यकर्ताले निर्वाचन आयोगमा आगामी वैशाखसम्म आफुहरूको पदावधि कायमै रहेको भन्दै निर्वाचन आयोगमा भौतिक रुपमा उपस्थित भएर हस्ताक्षर गरेका छन् ।



     

     

    आगामी वैशाखसम्म शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक रहेको र आफुहरुको पदावधि कायमै रहेको भन्दै पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित केन्द्रीय सदस्यहरूले भौतिक रुपमा उपस्थित भएर हस्ताक्षर गरेका हुन् ।

     

     

    महाधिवेशन प्रतिनिधिले डाकेको विशेष महाधिवेशनले गगन थापा पार्टी सभापति चुनेपछि आधिकारिकता विवादमा निर्वाचन आयोगले छानविन थालेकै बेला देउवा पक्षधर पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरू भौतिक रुपमै आयोग पुगेका हुन् ।

     

     

    केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरूसँगै जिल्ला सभापति, भातृसंस्था र शुभेच्छुक संस्थाको टोली निर्वाचन आयोग पुगेका थिए भने निर्वाचन आयोगमा बुझाइएका कागजातबारे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरिएको छ ।

    विशेष महाधिवेशनलगत्तै गगन थापा नेतृत्वको को कार्यसमिति अभिलेखका लागि बिहीबारै निर्वाचन आयोग पुगेर आधिकारिकताको अपिल गरिसकेको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट