logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • उतारचढाब बिच सामान्य अंकले घटेर बन्द भयो सेयर बजार, कारोबार रकममा उच्च गिरावट

    उतारचढाब बिच सामान्य अंकले घटेर बन्द भयो सेयर बजार, कारोबार रकममा उच्च गिरावट

    611
    SHARES
    उतारचढाब बिच सामान्य अंकले घटेर बन्द भयो सेयर बजार, कारोबार रकममा उच्च गिरावट

    काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ। दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा २.६१ अंकले घटेर २७५७.४० विन्दुमा पुगेर बन्द भएको छ।



    यो दिन बजारमा कुल ३४५ वटा कम्पनीका १ करोड ७४ लाख कित्ता शेयर ८१ हजार ५८२ पटकको कारोबार मार्फत कुल ६ अर्ब ७३ करोड रुपैयाँमा खरिद बिक्री भएका छन् । अघिल्लो दिन १० अर्ब रहेको कारोबार आज ह्वात्तै घटेको हो ।

    आज बैंकिङ, होटल, हाइड्रोपावर र अन्य समूहका सूचक बाहेक अरु सबै सूचक घटेका छन् ।

    कुल कारोबारमा १७५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ८२ वटा कम्पनीको मूल्य बढेको छ। १२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

    बजार ओरालो लागे पनि केही जलविद्युत र अन्य कम्पनीका लगानीकर्ताले उल्लेख्य कमाएका छन् । भुजुङ, सुपर खुदी र स्वेतगंगा हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

    त्यस्तै, रिज इनर्जी, सूर्यकुण्ड हाइड्रो र होटल फरेष्ट इनको मूल्य पनि करिब सर्किट लेभलमा बढेका छन् । समग्रमा बजार घटे पनि कुनै एनआईबीएल ग्रोथ फण्डबाहेक अरु स्क्रिपमा पाँच प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ ।

    रकमका आधारमा आज ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो, जसको २४ करोड २२ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसैगरी रिलायन्स स्पिनिङ मिल २४ करोड २१ लाख र आँखुखोला जलविद्युत २३ करोड ५७ लाख पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।


    अर्थ चाैतारी
  • मंगलबार, २४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट