logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • आईपीओ निष्काशन गर्दै घाम उर्जा सेवा, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

    आईपीओ निष्काशन गर्दै घाम उर्जा सेवा, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

    585
    SHARES
    आईपीओ निष्काशन गर्दै घाम उर्जा सेवा, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

    काठमाण्डाै । घाम उर्जा सेवा लिमिटेडले आफ्नो प्राथमिक शेयर निष्काशनका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । यो साझेदारीले घाम ऊर्जा सेवाको नेपालभर नवीकरणीय ऊर्जा विस्तार गर्ने लक्ष्य प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।



    घाम उर्जा सेवाले व्यवसायिक तथा औद्योगिक ग्राहकहरूलाई रूफटप सौर्य ऊर्जा प्रविधिहरू उपलब्ध गराउँदै आएको छ । १५ देखि २० वर्षको विद्युत खरिद सम्झौता मोडेलमा सञ्चालित यस कम्पनीले व्यवसायहरूलाई कुनै पनि प्रारम्भिक लागत बिना उर्जामा आत्मनिर्भर बन्ने अवसर प्रदान गर्दछ ।

    कार्बन उत्सर्जन घटाउन र सञ्चालन लागत कम गर्न मद्दत गर्दै घाम ऊर्जाले सामाजिक तथा आर्थिक प्रभाव र जलवायु परिवर्तन विरुद्ध सक्रिय भूमिका खेलिरहेको छ । प्राथमिक शेयर निष्काशन सम्झौता घाम ऊर्जा सेवाका अध्यक्ष अन्जल निरौला र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरे ।

    दुवै पक्षले यस साझेदारीप्रति उत्साह व्यक्त गर्दै आईपीओलाई सफल बनाउन र सरोकारवालाहरूका लागि उत्कृष्ट प्रतिफल सुनिश्चित गर्न आफ्नो प्रतिबद्धता जाहेर गरेका छन्।

     


    अर्थ चाैतारी
  • मंगलबार, २४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट