काठमाण्डौ । आज चैत्र २५ गते दुई वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनको लागि चैत्र २६ गते बुक क्लोज गर्ने निर्णय गरेका आत्मनिर्भर लघुवित्त र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत्र २५ गते अन्तिम दिन हो।
आत्मनिर्भर लघुवित्तले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले वैशाख ७ गते साधारणसभा बोलाएको छ।
त्यस्तै प्रभु इन्स्योरेन्सले ८.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले वैशाख ९ गते साधारणसभा बोलाएको छ।
अर्थ चाैतारी ।