काठमाण्डौ । पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले पूर्वाधारका लागि ४ खर्बभन्दा बढी बजेट विनियोजन गर्न सक्ने स्थिति नरहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा प्रि–बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हामी पूर्वाधारको अभावमा छटपटिएका छौँ। अहिले पनि धेरै पूर्वाधार अलपत्र अवस्थामा छन् । तर आगामी आर्थिक वर्षमा पूर्वाधारका लागि ४ खर्बभन्दा बढी बजेट विनियोजन गर्न सक्ने स्थिति देखिँदैन,’ उनले भने।
पूर्वाधार विकासका लागि बजेट बढाउँदा राजस्वबाट परिपूर्ति हुने सम्भावना नदेखिएको उनको भनाइ छ ।
अर्थ चाैतारी ।