logo

२०८३ जेष्ठ १३, बुधबार

logo
  • २०८३ जेष्ठ १३, बुधबार
  • कालंगा हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    कालंगा हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    143
    SHARES
    कालंगा हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाण्डौ । कालंगा हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । उक्त आइपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।



    पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

    कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ७० हजार कित्ता शेयर जारी गर्नेछ। सर्वसाधारणले यो आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट