काठमाण्डौ । इजरायलले मंगलबार दक्षिणी र पूर्वी लेबननमा हवाई आक्रमण गरेको छ। हमलामा बालबालिकासहित कम्तीमा ३१ जना मारिएको लेबननी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायली सेनाले १०० भन्दा बढी हेज्बुल्लाह स्थल तथा लडाकुलाई निसाना बनाइएको बताएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हेज्बुल्लाहविरुद्ध सैन्य कारबाही तीव्र पार्ने घोषणा गरेपछि यो हमला गरिएको हो।
मंगलबार सुरक्षा मन्त्रिपरिषद्को बैठकमा उनले इजरायलले लेबननमा आफ्नो कारबाही तीव्र पारिरहेको बताए।
उनले भने, ‘आईडीएफ (इजरायल रक्षा बल) ले जमिनमा थप शक्तिका साथ काम गरिरहेको छ र प्रमुख स्थान कब्जा गरिरहेको छ। उत्तरी इजरायलमा रहेका बस्तीलाई हेजबुल्लाहको आक्रमणबाट जोगाउन सुरक्षा क्षेत्रलाई बलियो बनाइँदै छ।’
अमेरिकाको मध्यस्थतामा इजरायल र लेबननबिच युद्धविराम घोषणा गरिए पनि दुवै पक्षले यसको उल्लंघन गरिरहेका छन्।
अर्थ चाैतारी ।