काठमाण्डौ । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा निकटतम् प्रतिस्पर्धी परितोष पौड्याललाई पराजित गर्दै उप्रेती विजयी भएका हुन् ।
उप्रेतीले अध्यक्षमा पाँच मत प्राप्त गर्दा पौड्यालले दुई मत मात्रै प्राप्त गरेका हुन् । सहकारी बैंकको सञ्चालक समितिमा निर्वाचित सात प्रदेशका सात जना सञ्चालकमध्येबाट अध्यक्ष चयन हुने प्रावधान छ ।
अध्यक्षमा निर्वाचित उप्रेती कोशी प्रदेशबाट सर्वसम्मत रूपमा सञ्चालकमा निर्वाचित भएका थिए ।
अर्थ चाैतारी ।