logo

२०८३ जेष्ठ २२, शुक्रबार

logo
  • २०८३ जेष्ठ २२, शुक्रबार
  • नाडाको ग्रिन ड्राइभ र्‍याली सम्पन्न

    नाडाको ग्रिन ड्राइभ र्‍याली सम्पन्न

    273
    SHARES
    नाडाको ग्रिन ड्राइभ र्‍याली सम्पन्न

    काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफनो इतिहासमा पहिलो पटक ‘नाडा ग्रिन ड्राइभ २०२६’ र्‍याली कार्यक्रम सम्पन्न गरेको छ। विश्व वातावरण दिवसको अवसरमा उक्त र्‍याली सम्पन्न गरिएको नाडाले जनाएको छ।



    अकवेल, दीपल, भोल्ट्स, कामा, एम्पियर, स्काईवर्थ, फ्युचर मोटर्स, नामी, टियागो ईभी, सुजुकी, टाइम्स बिजनेस–स्काईवर्थ, नेपाल इन्स्योरेन्स कम्पनीले र्‍यालीलाई समर्थन गरेका थिए। जसमा विभिन्न ब्राण्डहरुका विद्युतीय सवारीसाधनहरुको सहभागिता थियो।

    नाडाको सचिवालय टेकुदेखि त्रिपुरेश्वर – दरबारमार्ग – नक्साल – गौशाला – तीनकुने – नयाँ बानेश्वर – माइतीघर मण्डला – थापाथली – कुपण्डोल – पुल्चोकस्थित द प्लाजामा सो र्‍यालिको समापन गरिएको थियो।

    उक्त र्‍यालीमा सहभागी कुल ९२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रती, नाडाका पूर्वअध्यक्षद्धय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालले प्रमाणपत्र समेत वितरण गरेका थिए।

    सो प्रमाणपत्र वितरण कार्यक्रम नाडाका महासचिव मिलनबाबु मल्लले गरेका थिए भने र्‍यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्य समितिका सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गरेका थिए।


    अर्थ चाैतारी
  • शुक्रबार, २२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट