logo

२०८३ असार २६, शुक्रबार

logo
  • २०८३ असार २६, शुक्रबार
  • रुपन्देहीमा गोली चलाएर नियन्त्रणमा लिइयो दुई भारतीय, लागुऔषध र पेस्तोल बरामद

    रुपन्देहीमा गोली चलाएर नियन्त्रणमा लिइयो दुई भारतीय, लागुऔषध र पेस्तोल बरामद

    169
    SHARES
    रुपन्देहीमा गोली चलाएर नियन्त्रणमा लिइयो दुई भारतीय, लागुऔषध र पेस्तोल बरामद

    काठमाण्डौ । रुपन्देहीमा आज (शुक्रबार) साँझ गोली चलाएर दुई भारतीय र एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको छ।



    रुपन्देही मायादेवी गाउँपालिका-६ बाट उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो। उनीहरूको साथबाट ब्राउनसुगर ३ सय ग्राम, पेस्तोल १ थान, दुई राउन्ड गोली बरामद गरिएको छ।

    एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिने क्रममा एक राउन्ड गोली प्रहार भएको ब्युरोका प्रवक्ता एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।

    उनका अनुसार ती भारतीय नागरिकको घुँडामुनि गोली लागेको छ। अवस्था भने सामान्य रहेको उनको भनाइ छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट