logo

२०८३ असार ३२, विहिबार

logo
  • २०८३ असार ३२, विहिबार
  • प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित

    प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित

    455
    SHARES
    प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित

    काठमाण्डौ । मिटरब्याज पीडितहरू सरकारसँग वार्ता गर्न काठमाण्डौआउन लागेका छन् । बिहीबार बेलुका उनीहरु सिमरा हुँदै विमान चढेर काठमाण्डौ आउन लागेका हुन् । गृहमन्त्री गुरुङले पीडितका तर्फबाट वार्ता टोलीमा रहेका सदस्यहरूलाई सिमराबाट काठमाण्डौका लागि विमान चढाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।



    पीडितहरूले अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । कुशहवासहित मनोज कुमार पासमान, रिजन राना मगर, लक्ष्मी घिमिरे र किरण परियार काठमाण्डौ आउन लागेका हुन् । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्नका लागि वार्ता टोली गठन गरेको थियो ।

    सरकारी वार्ता टोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा गठित उक्त टोलीमा अर्थ, गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेका छन्।


    अर्थ चाैतारी
  • विहिबार, ३२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट