logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • कोरोनाको नयाँ भेरिएन्टको जोखिम बढेकाले सावधानी अपनाउन सरकारको आग्रह

    कोरोनाको नयाँ भेरिएन्टको जोखिम बढेकाले सावधानी अपनाउन सरकारको आग्रह

    858
    SHARES
    कोरोनाको नयाँ भेरिएन्टको जोखिम बढेकाले सावधानी अपनाउन सरकारको आग्रह

    काठमाण्डौ । कोरोना भाइरसको नयाँ भेरियन्ट (बीएफ ७) नेपालमा पनि फैलिने जोखिम रहेकाले सतर्क रहन सरकारले आग्रह गरेको छ । अहिलेसम्म नेपालमा यो भेरिएन्ट पुष्टि नभए पनि छिमेकी मुलुकहरूमा सङ्क्रमण देखिएकाले जोखिम बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



     

    खुला सीमाना र मानिसहरूको आवतजावतका कारण नेपालमा पनि यो भेरिएन्ट फैलिन सक्ने जोखिम रहेकाले रोकथाम र नियन्त्रणका उपाय अपनाउनुपर्ने मन्त्रालयले बताए । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले आज विज्ञप्ति जारी गर्दै सजगता अपनाउन आग्रह गरे ।

    इसाइ धर्माबलम्बीहरुके चाड क्रिसमस र इस्वी संवतको नयाँ वर्ष २०२३ नजिकिएको अवस्थामा भीडभाड नगर्न र जनस्वास्थ्यको मापदण्ड पालना गर्न उहाँले विज्ञप्तीमार्फत आग्रह गरे । कोभिड–१९ को बुस्टर डोज लगाउन बाँकी रहेकाहरूले पनि छिटो खोप लगाउन मन्त्रालयले आग्रह गरे ।


    अर्थ चाैतारी
  • शनिबार, ९ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट