logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सुनको मूल्यमा गिरावट: आज ३ लाख रुपैयाँ नजिक

    सुनको मूल्यमा गिरावट: आज ३ लाख रुपैयाँ नजिक

    260
    SHARES
    सुनको मूल्यमा गिरावट: आज ३ लाख रुपैयाँ नजिक

    काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको हो।
    महासंघका अनुसार आजका लागि फाइन गोल्डको मूल्य प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँ तोकिएको छ। यसअघि हिजो सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।



    आज १० ग्राम सुनको मूल्य पनि घटेर करिब २ लाख ५६ हजार ९४५ रुपैयाँ कायम भएको छ ।
    सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य कमी देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँमा झरेको छ।

    हिजो चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ४५० रुपैयाँको हाराहारीमा कायम भएको छ।

    अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट