logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • अर्थमन्त्रीसँग अटोमोबाइल क्षेत्रका समस्याबारे नाडाको छलफल

    अर्थमन्त्रीसँग अटोमोबाइल क्षेत्रका समस्याबारे नाडाको छलफल

    702
    SHARES
    अर्थमन्त्रीसँग अटोमोबाइल क्षेत्रका समस्याबारे नाडाको छलफल

    काठमाण्डौ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग नाडाको प्रतिनिधि मण्डलले छलफल गरेको छ। बिहीबार नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री पौडेलसँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरुमा छलफल गरेको हो।



    उक्त भेटघाट तथा छलफलमा मन्त्री पौडेलले ‘मैलै अटोमोबाइल क्षेत्रलाई नजिकबाट चिनेको छु’ भन्दै अटोमोबाइल व्यवसायीहरुले हाल भोगिरहेकोे समस्याहरुको समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए। सोही क्रममा उनले अटोमोवाइल क्षेत्रका समस्याहरुको समाधानका लागि सरकार प्रयत्नशील रहेको आवश्वासन पनि दिए। उनले अटोमोबाइल व्यवसायीहरुबाट जारी आन्दोलन स्थगित गर्न आग्रह समेत गरे।

     

    सो भेटघाटमा अध्यक्ष थापाले कोभिडको महामारीको कारण यस व्यवसायमा धेरै अप्ठ्यारा परिस्थितिहरु सृजना भएका थिए भन्दै यस्तो विकट स्थितिमा पनि अटोमोबाइल ब्यवसायीहरुले जसोतसो ब्यवसायलाई सञ्चालन गरि आएकोमा पछिल्ला समयमा आएका विभिन्न नीतिहरुको कारण पहिल्यै देखि प्रताडित भएको अटोमोबाइल ब्यवसायलाई झनै कठीन अवस्थामा पुर्याएको बताए। ब्यवसायीहरु आफ्नो ब्यवसायबाट नै पलायन भइरहेकोले अटोमोबाइल व्यवसायको उत्थानका लागि आवश्यक पहल गरि दिन आग्रह गरे।

     

    अध्यक्ष थापाले बढ्दो ब्याज दर तथा प्रिमियम दरलाई तत्कालै एउटा उपयुक्त सीमाभित्र राखि अर्थतन्त्रलाई गतिशील बनाउने नीति अवलम्बन गर्न, सवारी साधनहरु आयातका लागि एलसी खोल्दा न्यूनतम नगद मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने, अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्ने, बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रकियामा ‘लोन टु भ्याल्यु रेसियो’ को हालको सिमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्ने लगायत नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा भएका कतिपय बुँदाहरु हालको अवस्थामा व्यावहारिक रुपमा लागू गर्न कठीन हुने देखिएको सन्दर्भमा यस निर्देशिकालाई दुई वर्षसम्मका लागि स्थगित गर्ने व्यवस्थाका लागि विशेष आग्रह गरेका थिए।

     

    कार्यक्रममा नाडाका उपाध्यक्षद्वय राजनबाबु श्रेष्ठ तथा सुनिल रिजाल, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्धय निराकार श्रेष्ठ र अभिक ज्योति समेतको उपस्थिति रहेको थियो।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट