logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • हिमालयन ह्वाइट हाउसका इन्जिनियर विद्यार्थीले तलब सहित जापानमा इन्टर्नसिप गर्न पाउने

    हिमालयन ह्वाइट हाउसका इन्जिनियर विद्यार्थीले तलब सहित जापानमा इन्टर्नसिप गर्न पाउने

    871
    SHARES
    हिमालयन ह्वाइट हाउसका इन्जिनियर विद्यार्थीले तलब सहित जापानमा इन्टर्नसिप गर्न पाउने

    काठमाण्डाै । हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा इन्जिनियर अध्ययन गरेका विद्यार्थीले अध्ययन पश्चात जापानमा इन्टर्नसिप गर्न पाउने भएका छन् । जापानको आइम्याक इन्जिनियरिङ कम्पनी लिमिटेड र कलेजको बीचमा सो विषयमा बुधबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।



    सम्झौता पश्चात हिमालयन ह्वाइट हाउस इन्जिनियरिङ कलेजमा इन्जिनियर अन्तर्गत विभिन्न विधामा अध्ययन गरेका विद्यार्थीहरुले जापानमा इन्टर्नसिपको लागि प्रकृया आगाडि बढाउन सक्ने विषयमा दुईपक्षबीच सम्झौता भएको कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले विकासन्युजलाई बताए ।

    उनका अनुसार आइम्याक कम्पनीले कलेजबाट इन्जिनियरिङ अध्ययन पुरा गरेका विद्यार्थीलाई जापानका विभिन्न कम्पनीमा इन्टर्नसिप गर्नको लागि पुलको काम गर्नेछ । यसरी आफ्नो अध्ययन पश्चात इन्टर्नसिपका लागि जापान जाने विद्यार्थीहरुले त्यहाँ मासिक दुई लाख आठ हजार तलब सहित तीनवर्षसम्म काम गर्न पाउनेछन् । त्यसपछि उनीहरुले जापानमा स्थायी जागिर प्राप्त गर्नेछन् ।

    जापानमा कुनै पनि कम्पनीको व्यवस्थापक तहको नेतृत्व गर्ने क्षमता राख्ने इन्जिनियरले अहिलेको समयमा वार्षिक रुपमा एक करोड भन्दा धेरै आम्दानी गर्ने गर्छ । दुई पक्षबीचमा भएको सम्झौताले इन्जिनियर अध्ययन गरेका विद्यार्थीलाई रोजगारको सुनिश्चितता गरेको प्रिन्सिपल पौडेलको भनाइ छ ।

    इम्याक कम्पनीले इन्जिनियरिङ विषयमा स्नातक तहको अध्ययन पूरा गरेका र जापानमा गएर इन्टर्नसिप गर्न चाहने विद्यार्थीलाई प्राथमिक स्किृनिङ गरेर छनौट गर्ने गर्छ । आइम्याक कम्पनीका नेपाल प्रतिनिधि राजिब बज्राचार्यका अनुसार छनौट भएका विद्यार्थीहरुले पैसा तिरेर ६ महिनाको जापानीज भाषा सिक्नुपर्ने हुन्छ ।

    पछिल्लो समयमा जापानमा काम गर्ने उमेर समूहका इन्जिनियरहरुको ठूलो संख्यामा अभाव हुन थालेपछि कम्पनीले नेपालमा इन्जिनियर अध्ययन गर्ने विद्यार्थी र जापानका कम्पनीबीचमा पुलको काम गरिरहेको उनले बताए । कम्पनीले छिट्टै नै नेपाली इन्जिनियर विद्यार्थी र जापनीज कम्पनीहरुको बीचमा सिधा सम्पर्क हुनसक्ने प्रणालीको पनि विकास गर्न लागेको बताए ।

    कम्पनीले यो वर्षमा पाँचसय इन्जिनियर विद्यार्थीलाई इन्टर्नसिपको लागि जापानिज कम्पनीमा जोडिदिने लक्ष्य राखेको बज्राचार्यले विकासन्युजलाई बताए । उनका अनुसार कम्पनले अहिलेसम्म नेपालमा इन्जिनियर अध्ययन हुने ५३ वटा कलेज मध्ये ४३ वटासँग सम्झौता गरिसकेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १३ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट