logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • ब्रिटिस कलेजमा अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालन

    ब्रिटिस कलेजमा अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालन

    780
    SHARES
    ब्रिटिस कलेजमा अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालन

    काठमाण्डौ । काठमाण्डौको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ। कलेजले बुधबारबाट सो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो। विद्यार्थीलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्याउने उद्देश्यले टीबीसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका सीईओ राजन कँडेलले जानकारी दिए। ल्याब सञ्चालनमा आएपछि विद्यार्थीहरुले अझै नयाँ–नयाँ कुराहरु सिक्न पाउने उनको भनाइ छ।



     

    यसका साथै कलेजको गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतामा यो एउटा महत्वपूर्ण कोशेढुंगा साबित भएको उनले जानकारी दिए। ‘कलेजले अत्याधुनिक भीआर ल्याब सञ्चालनमा ल्याएकोले म धेरै खुशी छु। यस प्रकारका अत्याधुनिक ल्याबमार्फत विद्यार्थीहरुले डिजिटल युगका लागि आवश्यक पर्ने सीप र ज्ञानको अभिवृद्धि गर्ने मौका पाउनेछन्’, सीईओ कँडलले भने, ‘यसका साथै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता यस कार्यले पनि पुष्टि गरेको छ।’

     

    कार्यक्रममा फिन्टेक एसोसियसन अफ नेपालका अध्यक्ष सञ्जीव सुब्बाले विद्यार्थीका लागि प्रत्यक्ष सीप र ज्ञान प्राप्त गर्ने ठूलो अवसर मिलेको बताए। उनी भन्छन्, ‘ब्रिटिस कलेजको आफ्नो पाठ्यक्रममा भीआर समावेशले उत्साहित बनाएको छ। कलेजले नयाँ प्रविधिलाई यसरी अँगाल्नुले टेक्नोलोजी क्षेत्रमा ठूलो कदम चालेको प्रष्ट हुन्छ। मलाई लाग्छ कि यो विद्यार्थीका लागि प्रत्यक्ष सीप र ज्ञान प्राप्त गर्ने ठूलो अवसर हुनेछ। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको विकासका लागि सहयोग गर्नेछ।’

     

    भीआर ल्याबमा अत्याधुनिक सफ्टवेयर र आवश्यक उपकरणहरु जस्तै– भीआर हेडसेट, कन्ट्रोलर, सेन्सर, इमर्सिभ शैक्षिक एप्लिकेसनलगायत रहेका छन्। यी सफ्टवेयर तथा उपकरणको प्रयोगबाट विद्यार्थीले भर्चुअल वातावरणमा आफ्नो अध्ययनको विशेष क्षेत्रमा पहुँच पुर्याउन सक्नेछन्। कलेजका उपप्रध्यापक डा. प्याट्रिक म्याक क्रुडडेनले भने, ‘ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई अत्याधुनिक प्रविधिमार्फत अध्ययन गराइन्छ भन्ने यसले प्रस्ट गर्छ। भीआर ल्याब एउटा उदाहरणमात्र हो। कलेज भ्रमणका लागि उत्साहित सम्भावित विद्यार्थीले यसको अनुभव लिन सक्नेछन्।’


    अर्थ चाैतारी
  • विहिबार, १४ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट