काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई), २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनः गणना लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिनसक्नेछन् ।
राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशन गर्दै आगामी साउन ५ गतेसम्म आवेदन दिन सकिने जनाएको हो ।
साधारण र प्राविधिकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा तथा प्रक्रिया बमोजिम पुनर्योग गराउन आवेदन दिन सक्नेछन् । यसका लागि बोर्डको कार्यालय या सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा तोकिएको आवेदन दिन सकिनेछ ।
यसको लागि आवश्यक व्यवस्था मिलाउन सबै एकाइहरूलाई बोर्डले निर्देशन समेत दिएको छ ।
अर्थ चाैतारी ।