logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • ‘बेस्ट लर्निङ सेन्टर अवार्ड-२०८०’ काठमाण्डौ वर्ल्ड स्कुललाई

    ‘बेस्ट लर्निङ सेन्टर अवार्ड-२०८०’ काठमाण्डौ वर्ल्ड स्कुललाई

    897
    SHARES
    ‘बेस्ट लर्निङ सेन्टर अवार्ड-२०८०’ काठमाण्डौ वर्ल्ड स्कुललाई

    काठमाण्डौ । काठमाण्डौ वर्ल्ड स्कुलले ‘बेस्ट लर्निङ सेन्टर अवार्ड-२०८०’ प्राप्त गरेको छ । केन्द्रबिन्दु डट कमले प्रस्तुत गरेको बेस्ट इन्टरनेसनल स्टान्डर्ड कलेज अवार्ड-२०८० मा ‘बेस्ट लर्निङ सेन्टर अवार्ड-२०८०’ काठमाण्डौ वर्ल्ड स्कुलले प्राप्त गरेको हो । विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा सिकाइ क्षेत्रमा सक्रिय रहेर सिकाइको गुणस्तरिय बिधि अपनाउदै उत्कृष्ट शिक्षालय कक्षा ११, १२ परिचय बनाउन सफल भएकाले स्कुलले यो अवार्ड प्राप्त गर्न सफल भएको केन्द्रबिन्दुले जनाएको छ ।



     

    भक्तपुरको सूर्यविनायक नगरपालिका ७, गुन्डुमा संचालनमा रहेको काठमाण्डौ वर्ल्ड स्कुलले न्यून शुल्कमा अन्तर्राष्ट्रिय स्तरको शिक्षाका प्रदान गर्दै आएको छ । यस स्कुलले अध्यापनको लागि अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त बेलायतको इन्टरनेसनल प्राइमरी करिकुलम (आइपिसी) को शिक्षण विधिलाई प्राथमिक तहमा र इन्टरनेश्नल मिडिल एर्स करिकुलम ९आइएमवाइसी० माध्यमिक तहमा अपनाउँदै आएको छ । यस स्कुलमा स्विमिङ पुल सहितको अतिरिक्त क्रियाकलाप भवनमा करिब १५ भन्दा बढी विभिन्न अतिरिक्त क्रियाकलापहरू जस्तै नृत्य, सङ्गीत, मार्सल आर्ट्स, लाउन टेनिस, नाटक, फाइन आर्ट, इनडोर मल्टिपल कोर्ट, फुटसल, लगायतको सुविधा रहेको छ ।

    न्यून शुल्कमा अन्तर्राष्ट्रिय स्तरकाे शिक्षाका प्रदान गर्दै काठमाण्डौ वर्ल्ड स्कुल

    काठमाण्डौ वर्ल्ड स्कुलमा कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन गरी दुई वटा कार्यक्रम दैनिक बिहान ८ बजेदेखि दिउसो साढे २ बजेसम्म अध्ययन अध्यापनमा भइरहेको छ । इसिए र सिइसिए साथसाथै राम्रो गुणस्तरीय शिक्षा प्रदान गरिरहेको काठमाण्डौ वर्ल्ड स्कुलले प्रदान गर्दै आएको छ । साथै स्कुलले विदेश जाने सोच बनाएका विद्यार्थीका लागि फ्री ल्याग्वेजमा स्पेनिस, चाइनिज, फ्रेन्च भाषाको अध्यापन गराउँदै आएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट