logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • विकू साकोसका सदस्यहरुले चितवन आँखा अस्पतालमा २० प्रतिशत छुट पाउने

    विकू साकोसका सदस्यहरुले चितवन आँखा अस्पतालमा २० प्रतिशत छुट पाउने

    1.2K
    SHARES
    विकू साकोसका सदस्यहरुले चितवन आँखा अस्पतालमा २० प्रतिशत छुट पाउने

    चितवन । विकू बचत तथा ऋण सहकारी संस्था लि र चितवन आँखा अस्पताल बिच सदस्यहरुलाई आँखा जाँच सेवामा छुट सम्बन्धी शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । विकू साकोसका सदस्यहरुले अब सम्झौता बमोजिम आँखा उपचारमा अबदेखि २० प्रतिशत छुट पाउने छन् ।



     

    सम्झौता पत्रमा विकू बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेल र चितवन आँखा अस्पतालका प्रवन्ध निर्देशक प्रदीप पौडेलले हस्ताक्षर गरेका हुन् । साथै आवश्यकताको आधार र समय समयमा सदस्य, सदस्यका परिवार र समुदायका न्यून आय तथा असाहाय व्यक्तिको आँखा चेक चाँज तथा परार्मश सेवा प्रदान गरिने जनाइएको छ ।

     

    विकू बचत तथा ऋण सहकारी संस्था लि.का सदस्यहरुलाई लक्षित गरी उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो । चितवन आँखा अस्पताल भरतपुर महानगरपालिका वडा नं १०, चौविसकोटी अस्पताल रोडमा रहेको छ साथै यो सेवा वाईपास रोडमा रहेको चितवन आँखा अस्पताल शाखाबाट पनि लिन सकिने विकू साकोसका प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए ।

     

    यस अघिदेखि नै विकूका सदस्यले नारायणी सामुदायिक अस्पतालमा उपचारमा छुट पाउँदै आएका छन् अहिले चितवन आँखा अस्पतालसँग सम्झौता भएको हो । विकू साकोसले सदस्यलाई बित्तिय र गैरवित्तिय सेवा प्रदान गर्दै आएको छ भने सदस्यहरुको जिवीकोपार्जनमा टेवा पुर्‍याउन बिभिन्न तालिम पनि प्रदान गर्दै आएको साकोसका अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’ ले जानकारी दिए । अहिले विकूमा १ लाख १५ हजार सदस्य छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १७ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट