logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • शेयर बजार २५.६३ अङ्कले घट्यो, ७ अर्ब ६७ करोड रुपैयाँको कारोबार

    शेयर बजार २५.६३ अङ्कले घट्यो, ७ अर्ब ६७ करोड रुपैयाँको कारोबार

    1.5K
    SHARES
    शेयर बजार २५.६३ अङ्कले घट्यो, ७ अर्ब ६७ करोड रुपैयाँको कारोबार

    काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ६३ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ६३ अङ्कले घटेर २ हजार १ सय ३० दशमलव १८ विन्दुमा झरेको छ ।



     

    आज हाइड्रोपावर र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, फाइनान्स, व्यापार, बैंकिङ समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

     

    आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आँखु खोला जलविद्युत् र समाज लघुवित्त संस्थाको शेयर झन्डै १० प्रतिशतले बढेको छ । आज २ करोड २८ लाख कित्ता शेयर ७ अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ५६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

     

    कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ५६ करोड ७९ लाख १० हजार दुई सय ४१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १४ लाख ३६ हजार एक सय ५१ बराबरको कारोबार भएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ८ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट