काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ६३ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ६३ अङ्कले घटेर २ हजार १ सय ३० दशमलव १८ विन्दुमा झरेको छ ।
आज हाइड्रोपावर र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, फाइनान्स, व्यापार, बैंकिङ समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आँखु खोला जलविद्युत् र समाज लघुवित्त संस्थाको शेयर झन्डै १० प्रतिशतले बढेको छ । आज २ करोड २८ लाख कित्ता शेयर ७ अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ५६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ५६ करोड ७९ लाख १० हजार दुई सय ४१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १४ लाख ३६ हजार एक सय ५१ बराबरको कारोबार भएको छ ।
अर्थ चाैतारी ।