logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सहकारीको रकम हिनामिना प्रकरणमा सुमेरुका संचालक महर्जनविरुद्ध रेड नोटिस जारी

    सहकारीको रकम हिनामिना प्रकरणमा सुमेरुका संचालक महर्जनविरुद्ध रेड नोटिस जारी

    1.5K
    SHARES
    सहकारीको रकम हिनामिना प्रकरणमा सुमेरुका संचालक महर्जनविरुद्ध रेड नोटिस जारी

    काठमाण्डौ । ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेका भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको छ ।



     

    उनीविरुद्ध चार दिनअघि नै रेड नोटिस जारी भएको प्रहरी स्रोतले जानकारी दियो । सहकारी विभाग र सहकारीका हालका सञ्चालक समितिले तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध सीआईबीमा उजुरी दिएपछि अनुसन्धान थालेको थियो । महर्जनमाथि बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।

    सहकारीको अर्बाै कुम्ल्याएर संचालक बेलायत फरार, श्वेतपत्रमा बचतकर्ताको रकम नै अपुग

    सुमेरु सहकारीमा करिब ३५ हजार बचतकर्ताले राखेको १० अर्ब भन्दाबढी रकम महर्जनले हिनामिना गरेको सीआईबीको अनुसन्धानबाट देखिएको छ । करिब एक वर्षअघिदेखि नै बचतकर्ताले रकम फिर्ता नपाएपछि सहकारी विभागमा उजुरी परेको थियो ।

     

    स्रोतले जानकारी दियो । त्यतिबेलादेखि नै सहकारीका तत्कालीन अध्यक्ष महर्जन भने सम्पर्कविहीन भएका उनी बेलायतमा लुकेर बसेका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २३ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट