logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • भन्सार एजेन्टको परीक्षा वैशाख १७ मा नहुने, अब स्थानीय चुनावपछि हुने

    भन्सार एजेन्टको परीक्षा वैशाख १७ मा नहुने, अब स्थानीय चुनावपछि हुने

    2.8K
    SHARES
    भन्सार एजेन्टको परीक्षा वैशाख १७ मा नहुने, अब स्थानीय चुनावपछि हुने

    काठमाण्डौ । भन्सार एजेन्टको लिखित परीक्षा यही वैशाख १७ गते नहुने भएको छ।



    निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेको अवस्थामा तत्काल परीक्षा नगर्न भन्सार विभागलाई निर्देशन दिएको हो। यसअघि भन्सार विभागले भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्ने अनुमति माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो।

    आयोगले वैशाख ७ गते निर्णय गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेको तत्काल परीक्षा सञ्चालन नगर्न भन्सार विभागलाई निर्देशन दिएको छ। यो परीक्षा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मात्र सञ्चालन गर्न पनि आयोगले पत्र पठाउँदै आग्रह गरेको छ।

    विभागले २० वर्षपछि ६६० जना नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो। परीक्षामा कुल ९ हजार २३ जना परीक्षार्थी सहभागी हुनेछन्।


    अर्थ चाैतारी
  • विहिबार, ८ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट